दफा २३
खाद्य सुरक्षा सूचना संयन्त्रको स्थापना र सञ्चालन
खाद्य तथा पोषण शिक्षा र सूचनाको प्रवाहलाई सहजीकरण गर्ने, खाद्य तथा पोषण सुरक्षाको अवस्था सम्बन्धी सूचना सङ्कलन, विश्लेषण, सम्प्रेषण र अद्यावधिक गरी नीति, योजना र कार्यक्रम तर्जुमा प्रक्रियालाई तथ्यपरक बनाउन मन्त्रालय, प्रदेशको कृषि हेर्ने मन्त्रालय तथा स्थानीय तहले आवश्यकता अनुसार सूचना प्रणाली स्थापना गरी सञ्चालन गर्न सक्नेछन्‌।